Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

छुरा प्रहरा गरि श्रीमानको हत्या, श्रीमती पक्राउ


2.5K
Shares

छुरा प्रहरा गरि श्रीमानको हत्या, श्रीमती पक्राउ

काठमाडौं, १३ पुस । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ घोरखानी बस्ने एक महिलालाई आफ्नै श्रीमानको छुरा प्रहरी गरि हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । स्थानीयबासी ५० वर्षीया डल्ली बुढालाई आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

डल्लीले श्रीमान ३४ वर्षका चित्रबहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।चक्कु प्रहार गरी श्रीमानको हत्या गरेको स्वीकार गर्दै उनले आफैं जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उपस्थित भएकी थिइन् ।

डल्लीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology