काठमाडौं,३० भदौ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । सोमबार पदभार ग्रहण गर्नुहुँदै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गर्नुभएको छ ।
मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णयगर्नुभएको छ । साथै ऊर्जामन्त्री घिसिङले खादा(माला तथा अबिर केही पनि नलिने घोषणा समेत गर्नुभएको छ ।