Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अखिल क्रान्तिकारीको मतदान विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक


812
Shares

अखिल क्रान्तिकारीको मतदान विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं,१४ पुस । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेरहद सम्बन्धी मतगणनामा भएको विवाद मिलाउन पदाधिकारी बैठक बोलाएको छ ।

आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको बैठक राखिएको छ । नेताहरूका अनुसार उक्त बैठकले अखिल क्रान्तिकारीमा उमेर हद ३२ वर्ष राख्ने कि नराख्ने विषयमा भएको मतगणनामा विवाद भएको छ ।

कुल दुई हजार ४२८ मध्ये एक हजार ८ सय मत खसेको र त्यसको मतगणना लगभग सकिएको नेताहरू बताउँछन् । ३२ वर्षे उमेर हद राख्नुपर्ने र राख्न नहुने पक्षमा जम्मा पाँच मतको अन्तर रहेको छ ।

यही बेला मतगणनामा विवाद भएपछि मतगणना नै रोकिएको छ । यो विषयमा कुरा नमिलेपछि पार्टीको पदाधिकारी बैठक नै बसेर छलफल गर्न लागिएको हो ।

तर, माओवादीको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय आगामी केन्द्रीय समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागिएको बताउँछन् ।

माओवादीको केन्द्रीय समितिको बैठक यही पुस २१ गते बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology