Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै


1.3K
Shares

दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै

काठमाडौं, ९ मंसिर । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज ९आइतबार० म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै छ ।

उनलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएपछि अदालतमा पेस गरिने छ । प्रसाईंमाथि अनुसन्धानले प्रहरीलाई बुधबार पाँच दिनको म्याद दिएको थियो । त्यो सकिएपछि आज पुनः थप्न लागिएको प्रहरी स्रोतले जनाएको छ ।

मंगलबार पक्राउ परेका प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । प्रसाईं मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका थिए ।

प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको आरोप लगाएका थिए । प्रधानमन्त्रीविरुद्धको सोही विवादास्पद बयानपछि उनी पक्राउ परेका हुन् ।

यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी केन्द्रीय सदस्य ज्वाला भनिने टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology