गोरखा, ११ कात्तिक । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधीमा जिल्ला प्रसासन कार्यालय गोरखाबाट नयाँ नागरिकता भन्दा नागरिकताको प्रतिलिपी लिनेको संख्या बढी भएको पाइएको छ ।
चालु आर्थिक बर्ष २०८१÷०८२ साउनदेखि असोज मसान्तसम्मको अवधीमा कुल नागरिकता लिनेमध्ये प्रतिलिपी नागरिकता लिनेको संख्या बढी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
तीन महिनाको अवधीमा कार्यलयबाट कुल ३ हजार २ सय २६ जनालाई नागरिकता उपलब्ध गराइएकोमा झण्डै आधाले नागरिकताको प्रतिलिपी लिएको पाइएको कार्यालयका प्रसासकीय अधिकृत रबिन्द्र घिमिरेले जानकारी दिनुभयो । कार्यालयका अनुसार सो अवधीमा एकहजार ९ सय ५२ जनाले नागरिकताको प्रतिलिपी लिएका हुन् ।
त्यस्तै सो अवधीमा कार्यलयबाट एकहजार २ सय ६३ जनाले नयाँ नागरिकता लिएको जनाएको छ । जसमा ६ सय ९६ जना महिला र ५ सय ६७ जना पुरुषले नयाँ नागरिकता लिएको कार्यालयले जनाएको छ ।
त्यस्तै नागरिकताको प्रतिलिपी लिनेहरुमध्ये ८ सय २२ जना महिला र १ हजार १ सय ३० जना पुरुष रहेका छन् । कार्यालयबाट गएको साउनदेखि असोजसम्म दुईजना महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् भने दुई महिला र ४ पुरुष गरी ६ जनालाई गैह्रआवसिय नागरिकता वितरण गरिएको छ ।