काठमाडौं, ४ असोज । सुपर ओभरमा नेपालले अमेरिकालाई हराएको छ । नेपालले टी २० आई सिरिजको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएको हो ।
सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको हो । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो ।
नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो ।