Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै


959
Shares

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

गोरखा, १४ असोज । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै हुनुहुन्छ । उहाँ आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्यूयोर्क जानुभएको थियो । संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा भएको महासभाका कार्यक्रम सम्पन्न गरी उहाँ हार्वड विश्वविद्यालयको कार्यक्रमका लागि बोस्टन जानुभएको थियो ।

प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्नुभएको थियो भने न्यूयोर्कमा रहँदा उहाँले विभिन्न देशका सरकारका प्रमुख तथा प्रतिनिधिसँग कुराकानी गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology