गोरखा, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेडवृद्धि) को नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार नतिजा प्रकाशनसँग सम्बन्धित सबै काम सकिएको छ र आज बोर्डमा जानकारी दिइनेछ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बोर्डले आफू अनुकूल निर्णय गरेर नतिजा सार्वजनिक गर्ने बताउनुभयो । यसअघि बोर्डले दसैँअघि नै नतिजा प्रकाशन गर्ने गरी काम गरेको थियो । तर सोचेभन्दा निकै छिटो काम भएको पौडेलले जानकारी दिनुभयो ।
दुई लाख ३४ हजार विद्यार्थीको एनजी आएकोमा ग्रेड वृद्धि परीक्षामा भने दुई लाख नौ हजार ८ सय ४ विद्यार्थी मात्रै सहभागी भएका थिए ।