Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

क्यानडा पठाइदिन्छु भन्दै करिब १९ लाख ठगी आरोपमा गोरखाका भण्डारी पक्राउ


1.2K
Shares

क्यानडा पठाइदिन्छु भन्दै करिब १९ लाख ठगी आरोपमा गोरखाका भण्डारी पक्राउ

गोरखा, ६ असोज । आरुघाट गाउँपालिकाका १ जना पुरुषलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–१० का ३४ बर्षिय रामहरी भण्डारी भएको प्रहरीले पुष्टी गरेको हो ।

भण्डारीले बैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भनेर २ जना पिडित संग १८ लाख ३५ हजार लिएर फरार भए पछी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीलको टोलीले उनलाई पक्राउ गरेको हो ।

हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्दै आएका भण्डारी बिरुद्व पिडितहरुले उजुरी दिए लगत्तै सुन्दरीजलबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।

भण्डारीलाई आवश्यक अनुसन्धान तथा कारावहीको लागि बैदेशिक रोजगार बिभाग ताहचल बुझाएको पनि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology