Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मिस नेपालको फिनालेमा सहभागी हुन मिस इन्टरनेसनल एन्ड्रिया रुबियो नेपाल आउँदै


2.9K
Shares

मिस नेपालको फिनालेमा सहभागी हुन मिस इन्टरनेसनल एन्ड्रिया रुबियो नेपाल आउँदै

काठमाडौं, १५ साउन । मिस नेपालको ग्राण्ड फिनालेमा सहभागी हुन मिस इन्टरनेसनल एन्ड्रिया रुबियो बिहीबार नेपाल आउने भएकी छन् । शनिबार गोदावरीमा हुने मिस नेपालको ग्राण्ड फिनालेमा उनी अतिथिको रुपमा सहभागी हुने द हिडन ट्रेजरले जनाएको छ ।

भेनेजुएलाबाट आउन लागेकी रुबियो ६ दिन नेपालमा बस्नेछिन् । उहाँको नेपाल बसाइको थप योजना खुलाइएको छैन, यद्यपि उपत्यकाका पर्यटकीय सम्पदाको भ्रमण हुनसक्ने द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले जानकारी दिनुभयो ।

मिस इन्टरनेसनलको उपाधि जित्ने उनी नवौं भेनेजुएलन सुन्दरी हुन् । काराकासमा जन्मिएकी २५ वर्षीया रुबियो अंग्रेजी र स्पेनी राम्रोसँग बोल्छिन् । उहाँको उचाइ ५ फिट ७ इन्च छ ।

सोही दिन मिस इन्टरनेसनलका कार्यकारी निर्देशक स्टिफिन डायल्स पनि मिस नेपालको ग्राण्ड फिनालेमा सहभागी हुन जापानबाट आउँदैछन् । रुबियो र डायल्स साउन २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 

द हिडन ट्रेजरको निम्तोमा मिस माल्ट चेरिस स्पिटेरी सोमबार नै काठमाडौं आइपुगेकी छन् । स्पिटेरी पनि ग्राण्ड फिनालेमा अतिथिको रुपमा सहभागी हुने कार्यक्रम छ ।

यस वर्षको मिस नेपालको ग्राण्ड फिनाले शनिबार गोदावरीमा आयोजना हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology