Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उच्च अदालत पाटनमा सुरु भयो सन्दीपको मुद्दाको सुनुवाइ


2.6K
Shares

उच्च अदालत पाटनमा सुरु भयो सन्दीपको मुद्दाको सुनुवाइ

काठमाडौ, १ जेठ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दाको सुनुवाइ सुरु गरेको छ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर गर्न माग गर्दै सन्दीपले गरेको पुनरावेदन न्यायाधीशद्वय सुदर्शनदेव भट्ट अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ थालिएको हो।

यसअघि पाँचपटक पेसी तोकेर पनि सुनुवाइ हुन नसकेको सो मुद्दा आज पेसी सूचीको पहिलो नम्बरमै परेको हो । गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ । उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।

उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ । अदालतले दुवै पुनरावेदनलाई सँगै राखेर एकसाथ सुनुवाइ थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology