काठमाडौं, २० वैशाख । घरमा आगलागी हुँदा श्रीमान(श्रीमतीको मृत्यु भएको छ । धादिङको थाक्रे गाउँपालिका(५ गैरीखर्कस्थित एक गएराति स्थानीय ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा एक्कासी आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको धादिङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
डिएसपी मिश्रका अनुसार आगलागी भएको सूचना प्रहरीले राति साढे ११ बजे पाएको थियो । सूचना प्राप्त भएपछि इन्स्पेक्टरको कमाण्डमा प्रहरी खटिएको थियो । ‘प्रहरी पुग्दा दुवै जनाको मृत्यु भइसकेको थियो,’ डिएसपी मिश्रले भन्नुभयो । उहाँका अनुसार सो घरमा मकै पिस्ने विद्युतीय घट्ट पनि छ। राति विद्युत् सर्ट भई आगलागी भएको प्रहरीको अनुमान छ । ‘घरमा वयोवृद्ध बुढाबुढीमात्रै बस्नुहुँदो रहेछ, उहाँहरू निस्कन सक्नुभएन होला,’ डिएसपी मिश्रले भन्नुभयो ।
राति १२ बजेपछि आगो नियन्त्रणमा लिएको उहााँले बताउनुभयो । थाक्रे गाउँपालिका(५ का वडाध्यक्ष सन्त बहादुर तामाङका अनुसार दुवै जनाको शव आगलागी भएको घरमै छ । मुचुल्लकाका लागि प्रहरीहरू आउँदै हुनुहुन्छ । हामी कुरिरहेका छौं,ु उहाँले भन्नुभयो । वडाध्यक्ष तामाङका स्थानीयले पानी ओसारेर आगो निभाएका थिए ।
ुदमकल पुग्ने अवस्था थिएन । गाउँलेहरू मिलेर पानी ओसारेर आगो निभायौं, उहाँले भन्नुभयो । आगलागीबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।