Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

संयुक्त एम्बुलेन्स चालक संघ गोरखाद्धारा छैटौ स्थापना दिवसको अबसरमा अस्पतालका बिरामीलाई फलफुल बितरण


1.9K
Shares

संयुक्त एम्बुलेन्स चालक संघ गोरखाद्धारा छैटौ स्थापना दिवसको अबसरमा अस्पतालका बिरामीलाई फलफुल बितरण

गोरखा, ११ माघ । संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा गोरखाले गोरखा अस्पतालमा उपचारत बिरामीहरुलाई आज फलफुल बितरण गरेको छ ।

आफ्नो छैटौ स्थापना दिवसको अबसर पारेर अस्पतालमा रहेका बिरामीहरुलाई फलफलु बितरण गरेको संयुक्त एम्बुलेन्स चालक संघ गोरखाका कोषध्यक्ष कमल बसेलले जानकारी दिनुभयो ।

अस्पतालमा रहेका ४५ जना बिरामीलाई फलफलु वितरण गरिएको उहाँले बताउनुभयो । बिरामीहरुलाई स्याउ, सुन्तला, अनार लगायतका फलफुल बितरण गरेको कोषध्यक्ष बसेलले बताउनुभयो ।

सो अबसरमा संयुक्त एम्बुलेन्स चालक संघ गोरखाका अध्यक्ष बिष्णु नेपाली, कोषध्यक्ष, बसेलल, गोरखा अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डा . सिद्धार्थ खनाल, संघका अन्य पदाघिकारी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology