Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा करेन्ट लागेर एक पुरुषको मृत्यु


8K
Shares

गोरखामा करेन्ट लागेर एक पुरुषको मृत्यु

गोरखा, ५ माघ । गोरखाको पालुङटार नगरपालिकामा आज करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ गाँइखुरका ४८ बर्षिय अनन्त परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार परियारले आफ्नै बारीमा रहेको कटहरको रुख काट्ने क्रममा हाइटेन्सन लाइनमा रुखले छोए पछी रुखबाट लडेर गंभिर घाईते भएका थिए । घाईते परियारको तनहुँको लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बिहीबार दिउसो १२ः३० बजे रुख काट्ने क्रममा घाईते भएका परियारको उपचारको क्रममा सोही दिन दिउसो १ः४० बजे मृत्यु हो । परियारको दमौली अस्पतालमा पोष्टमार्टम पछि आज मात्र शव आफन्तलाई बुझाइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology