गोरखा १ माघ । पोखरामा आज बिहान यति एयरको जहाज दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखराको लागि उडेको जहाज बिहान दुर्घटनामा परेको हो ।
पोखरा एयरपोर्ट नजिकै डाडामा ठोक्किएर जहाज दुर्घटनामा परेको हो । दुर्घटनामापछि सेती नदीको खोचमा जहाँज खसेको छ ।
७२ सिट क्षमताको जहाज ६८ यात्रु सवार थिए । उद्दार कार्य जारी छ । दुर्घटनाको थप बिबरण प्राप्त हुन बाकी छ ।