काठमाण्डौं १० पुस । चितुवा खाएर हैरान पारेपछि नागार्जुनमा चितुवा नियन्त्रणमा लिइएको छ । आज बिहान सवा १० बजे नागार्जुन नगरपालिका–७, हसनटारबाट नियन्त्रणमा लिइएको हो ।
चितुवाले कुकुरहरू खाएर दुःख दिएपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि वन कार्यालयलाई बोलाएर चितुवालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको चितुवालाई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा लगिएको जनाइएको छ ।