गोरखा २ पुस । चम्पाबती हाईड्रोपावर कम्पनीले राईनस नहरको भबिष्य बिगारेर जलविद्युत आयोजना बनाउने कुरा सोच्न नसकिने जनाएको छ । कम्पनीले गोरखा सदरमुकाममा आज पत्रकार सम्मेलनको आयोजना गरी राइनस नगरपालिकाबासीमा आयोजनाका कारण नहरमा पानी खस्दैन कि भन्ने आशंका गतल भएको दावी गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै हाईड्रोपावर कम्पनीका अध्यक्ष हरिराम पराजुलीले नगरबासीलाई नहर सुक्छ भन्ने लागे प्राबिधिक ल्याएर नाप जाँच गर्न समेत आग्रह गर्नुभयो ।
उहाँले नहरमा पानी सुक्ने अबस्था आए प्रोजेक्ट बन्द गर्ने दावी समेत गर्नुभयो । बनिरहेको भौतिक संरचनालाई हेरेर धारणा बनाउनु भ्रम भएको भन्दै पराजुलीले राईनस नहरको मुहान चिली खोला र चेपे खोलाको दोभानभन्दा तल रहेकाले आयोजनाको डिजाईनमा पावर हाउस बाट निस्कने पानी चेपे र चिली खोलाको दोभान भन्दा माथि फाल्ने गरि बनाईएको दावी गर्नुभयो । उहाँले बाताबरणिय अध्ययन प्रतिबेदन अनुसार पावरहाउसबाट निस्कने पानी चेपे खोला र चिली खोलाभन्दा माथि रहेको नक्सामा नै उल्लेख भएको बताउनुभयो ।
अध्यक्ष पराजुलीले आयोजनाले सवै प्रक्रिया पुरा गरी भौतिक संरचना निर्माण कार्य सुरु गरेको भन्दै आयोजना स्थलमा प्रबेश गरी मंसिर २४ गते आयोजनामा तोडफोड र आगजनी गर्ने कार्य आयोजना निर्माण असफल पार्ने योजनाका साथ भएको दावी समेत गर्नुभयो । उक्त तोडफोडका क्रममा आयोजनाको झण्डै ३३ करोड ४० लाख क्षति भएकोले उहाँले बतउानुभयो ।
पत्रकार सम्मेलनमा आयोजनाका कार्यकारी निर्दशक दुर्गा श्रेष्ठले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कारवाही गर्नु माग गर्नुभयो । हामी कम्पनिको तर्फबाट समस्या समाधानका लागि राईनस सिंचाई योजना सहितका सरोकारवाला निकायहरुसंँग संबाद शुरु गर्न आयोजना आतुर समेत उहाँको भनाई छ ।