Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भीमसेन थापा गाउँपालिकाद्धारा अन्तराष्ट्रिय अपाङ्ग दिवसको अबसरमा एक दिने अभिमुखीकरण तालिम प्रदान


952
Shares

भीमसेन थापा गाउँपालिकाद्धारा अन्तराष्ट्रिय अपाङ्ग दिवसको अबसरमा एक दिने अभिमुखीकरण तालिम प्रदान

गोरखा, १७ मंसिर । गोरखाको भीमसेन थापा गाउँपालिकाद्धारा आज अन्तराष्ट्रिय अपाङ्ग दिवसको अबसरमा एक दिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ । तालिममा नेपालमा अपांगता क्षेत्रमा भएका बिभिन्न किसिमका ऐन कानुनको अबस्था लगायतको बिषयमा सहभागीहरुलाई जानकारी गराइएको आयोजकले जनाएको छ ।

No description available.

त्यस्तै अपांगता भएका व्यक्तिहरुले प्राप्त गर्ने सेवा सुबिधा, अपांगता भएका व्यक्तिहरुलाई आत्मा निर्भर बनाउने योजना तथा अपंगता भएका व्यक्तिहरुको श्रेणी बिभाजन लगायतका बिषयमा अभिमुखीकरण प्रदान गरिएको हो । कार्यक्रममा भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले भीमसेन थापा गाउँपालिकामा अपांगता तथा अशक्तहरुको हकमा बिशेष अभियान सञ्चालन गर्नका लागि भीमसेन थापा लोककल्याणकारी कोषको स्थापना गरेको समेत जानकारी दिनुभयो ।

No description available.

उहाँले अपंगता भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन गरी उनिहरुले पनि केही गर्न सक्छन् भन्ने चेतनाको बिकास गर्नु पहिलो आबश्यकता रहेको भन्दै गाउँपालिकाले सचेतना, सिपमुलक कार्यक्रमलाई जोड दिदै आएको बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा नेपाल अपांग संघका पूर्व सचिवालय सदस्य तथा नेपाल नेत्रहिन महासंघको केन्द्रीय महासचिव नेपाल शिशिर खनालले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

No description available.

अपांग समाजका अध्यक्ष सन्तोष खनालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अमृता वस्ती (भट्ट), बालबालिका तथा सामाजिक बिकास शाखाकी प्रमुख डिलेस्वरी बिष्ट लगायत १ सय भन्दा बढीको सहभागिता रहेको थियो । भीमसेन थापा गाउँपालिकामा १ सय १८ जना (क) बर्गका, (ख) बर्गको १३५ जना, (ग) बर्गका ५१ जना र २५ जना (घ) बर्गका सहित ३ सय २९ जना अपांगता भएका व्यक्तिहरु रहेको तथ्याङक छ ।

No description available.

No description available.

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology