Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा पहिलो पटक अपांगता साहायता कक्ष स्थापना


1.9K
Shares

गोरखामा पहिलो पटक अपांगता साहायता कक्ष स्थापना

गोरखा, १७ मंसिर । गोरखामा जिल्लामा पहिलो पटक अपाङगता साहायता कक्ष स्थापना भएको छ । नेत्रहिन संघ गोरखाको आयोजनामा शनिबार ३१ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर साहायता कक्ष स्थापना गरिएको हो ।

No description available.

साहायता कक्षबाट गोरखा स्थित सरकारी तथा गैह्रसरकारी संस्थाहरुमा सेवा लिन आउने अपांगता भएका व्यक्तिहरुलाई सहयोग प्रदान गरिने नेत्रहिन संघ गोरखाका अध्यक्ष पवनकुमार बस्नेतले जानकारी दिनुभयो । जिल्ला प्रसासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय लगायतका बिभिन्न कार्यालयमा सेवा लिन आउने अपांगता भएका व्यक्तिहरुले सास्ती खेप्नु परेकाले उनिहरुका लागि सहजता प्रदान गर्न साहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।

No description available.

कक्षको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । साहायता कक्षको उद्घाटन गर्नुहुदै उहाँले गोरखा सदरमुकाममा स्थापना कक्षबाट अपांगता भएका व्यक्तिहरुले लाभ लिनसक्ने बताउनुभयो । कार्यक्रममा साहायता कक्ष स्थापना गर्न सहयोग गर्ने संस्थाहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको छ । जिसस प्रमुख थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, नेत्रहिन संघ गोरखाका अध्यक्ष बस्नेत, आरुघाट गाँउपालिकाका निवर्तमान अध्यक्ष पूर्ण बहादुर दहाल लगायतले मन्तव्य राखेका थिए ।

No description available.No description available.

कार्यक्रम नेत्रहिन संघ गोरखाका अध्यक्ष बस्नेतको अध्यक्षतामा सम्पन भएको हो । दिवसको अवसर परेर जिल्ला समन्वय समितिको हलमा आजै शिविरको समेत आयोजना गरिएको छ । शिविरमा २४ जनाले थेरापी सेवा, ४६ जनाले कान सम्बन्धी उपचार सेवा, ४३ जनाले आँखा सम्बन्धी उपचार सेवा लिएका छन् भने ४५ जनाले अन्य उपचार सेवा लिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

No description available.No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology