जुम्ला १७, मङ्सिर । जन्ती गएर फर्कदै गरेका एक पुरुषको लडेर मृत्यु भएको छ । विवाह सकेर घर फर्कने क्रममा तिला गाउँपालिका– ६ सुडी गाउँपालिकाका ४७ वर्षीय देव रावतको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
शुक्रबार दिउँसो विवाहमा जन्ती गएर घर फर्कँदै गरेका उनले अत्यधिक रूपमा मदिरा सेवन गरेका प्रहरीको भनाई छ । तिला गाउँपालिका– १ रारालिहीबाट घर फर्कने क्रममा बिचबाटोमा पर्ने तिला– ९ लाछुङथाडीस्थित गोरु खोलामा लडेर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिनुभयो ।
अहिले मृतकको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको प्रहरीले जनाएको छ। फाइल फोटो