गोरखा, १७ मंसिर । कम्प्यूटर एशोसियशन अफ नेपाल महासंघ गोरखा शाखाको अध्यक्षमा सुदिप कोइराला सर्वसम्मत चयन हुनु भएको छ । तनहुँको पर्यटकीय क्षेत्र अकला मन्दिर परिषरमा आज भएको अधिवेशनले कोइरालालाई अध्यक्षमा सर्व सम्मत चयन गरेको हो ।
शाखाको नवौ साधारण सभा तथा चौथो अधिवेशनबाट उपाध्यक्षमा बावुराम तिवारी, सचिवमा भक्तराम राना, सह सचिवमा पूर्णकुमारी शाही र कोषाध्यक्षमा जनराज कोइराला सर्व सम्मत बिजयी भएको क्यान गोरखाले जनाएको छ ।
त्यस्तै गरी सदस्यहरुमा खोपबहादुर राना, सुसारा राना, दिनेश श्रेष्ठ र रुवेन्द्र कुवर बिजयी भएका छन् । अन्य २ सदस्य भने नव निर्वाचित कार्य समितिको पहिलो बैठकले निर्णय गर्ने अध्यक्ष कोराइलाले जानकारी दिनुभयो।
अकलामा भएको कार्यक्रममा चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठले ब्यानर पढेर साधारण सभाको उदघाटन गर्नु भएको थियो।
कार्यक्रममा क्यान गण्डकी प्रदेशका सचिव केशवराज भट्टराई, नवलपुर उद्योग बाणिज्य संघका महासचिव सागर पोखरेल र क्यान गोरखाका संस्थापक अध्यक्ष असोकबावु रानाले मन्तब्य राखेका थिए ।