गोरखा, २९ कात्तिक । गोरखामा दृष्टिविहीनहरुको हकहित र अधिकार सम्बन्धि सार्वजनिक तथा नीजी क्षेत्रका सरोकारवालाहरु सँग एक दिने अन्तरक्रियात्मक गोष्ठि सम्पन्न गरेको छ । नेपाल नेत्रहीन संघको आयोजनामा सोमबार गोरखा सदरमुकाममा दृष्टिविहीनहरुको क्षमता अभिवृदि र अबसरहरुको सृजना गर्ने उदेश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिककी उपप्रमुख मसली माया थोकरले दृष्टिविहीनहरुको हक हितको लागी सवैले आ–आफ्नो ठाउँबाट सक्ने सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अपाङगता भएका व्यक्तिहरुलाई समाजले हेप्ने भन्दा पनि माया ममता र सहयोगको भावना गर्नु पर्ने बताउनुभयो । अपाङगता भएका व्यक्तिहरुका लागि भौतिक संरचना निर्माण गर्दा अपांगमैत्री संरचना निर्माण गर्नुपर्ने उपाध्यक्ष थोकरको भनाई छ ।
बिभिन्न कार्यालयहरुमा अपांगता भएका व्यक्तिहरु सेवा लिन जाँदा पालो पर्खनुपर्ने अबस्था अझैपनि रहेको गुनासो सरोकारवालाहरु समक्ष राखेका छ । सेवा प्रवाह गर्ने कार्यालयहरुले अपाङगता तथा दृष्टिविहीनहरुका लागी छुटै ब्यबस्था गरिदिनु पर्ने उनीहरुले माग गरेका छन् । नेत्रहीन संघ गोरखाका अध्यक्ष पवन कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाण्ज्यि संघ, चेम्बर अफ कमर्स, गरिमा बिकास बैङक, प्रभु बिकास बैङक प्याप्सन गोरखा लगायतका संघसस्थाका प्रतिनिधिहरुको. सहभागिता रहेको थियो ।