गोरखा, २८ कात्तिक। गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोट स्थित माइकोट माध्यमिक विद्यलयको हातामा नेपाली सेनाद्धारा घेरावार लगाइएको छ ।
विद्यलयको हातामा सेनाको जनहित कार्यक्रम अन्तरगत कुल दश लाखको बजेटले ८ सय मिटर घेरावार लगाइएको रिपुमर्दन गणका गणपती हेमराज बिष्टले जानकारी दिनुभयो ।
उक्त घेरावारको सोमवार एक कार्यक्रमका बिच नेपाली सेनाका पश्चिम पृतनापती उपरथी बाबुराम श्रेष्ठले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक रमेश सुवेदीले घेरावार निर्माण भएसँगै विद्यालयको पठनपाठनमा समेत सहज भएको बताउनुभयो ।
उहाँका अनुसार घेराबार नहुँदा कुकुर गाइवस्तु कक्षा भित्रै आउने समस्या थियो । तर, घेरावार भएपछि बिद्यालयको सम्पत्ति पनि सुरक्षित भएको उहाँले जानकारी दिनुभयो । मूल गेटको भने आवश्यक रहेको उहाँको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बिष्णु भट्टले आगामी बर्षको बजेटमा गेट निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सुभप्रभात नेपाली, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।