गोरखा, २७ कात्तिक । भिमसेन थापा गाँउपालिका वडा नंं. ७ बोर्लाङस्थित सरस्वती माध्यमिक विद्यलयमा डिप्लोमा इन्जिनियरिङ्ग कलेज सञ्चालनको लागि चितवन तदर्थ समिति गठन गरिएको छ ।
सिटिभिटी बाट सम्बन्धन प्राप्त गरि प्रथम बर्ष सञ्चालन गर्न आर्थिक, शौक्षिक एबम् बौद्दिक सहयोगका लागि मोहन प्रसाद पाण्डेको संयोजकत्वमा ११ सदस्ययी समिति गठन गरिएको हो । समितिको सह संयोजकमा मोहन श्रेष्ठ सदस्यहरुमा भरत पाण्डे, केशव भट्ट, सरिता भट्ट, कमलराज ढकाल, रन्जित श्रेष्ठ, सुजन भट्ट, रामनाथ खनाल, धर्म ढकाल र सुनिल पौडेल रहेको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै कलेज सञ्चालनका लागी सल्लाहकार समिति पनि बनाएको उहाँले बताउनुभयो । चितवन रत्ननगर नगरपालिका स्थित एकता शिशु निकेतममा विधालय व्यवस्थापन समितिका अध्यक्ष एवम वडाध्यक्ष श्रेष्ठको अध्यक्षता बैठक बसेकोे थियो ।