Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा प्रचण्डको सानदार इन्ट्रीले अत्तालिए साईवर स्यालहरु,फैलाउन थाले भ्रामक प्रचार र अफवाह


4.8K
Shares

गोरखामा प्रचण्डको सानदार इन्ट्रीले अत्तालिए साईवर स्यालहरु,फैलाउन थाले भ्रामक प्रचार र अफवाह

गोरखा, १९ कात्तिक :  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखा–२ बाट उमेद्वारी दिनुभएसंगै गोरखाका जनतामा उत्साह र उमंग थपिएको छ । उमेद्वारी दर्तापछि चुनाव प्रचार–प्रसारका लागि अध्यक्ष प्रचण्ड टोलटोलमा मतदाताहरु भेटघाट गर्न पुग्दा उहाँलाई हेर्न, भेट्न र कुराकानी गर्न मतदाताहरु हातमा माला, फुल र खाँदा लिएर घण्टौसम्म पनि पर्खिरहेका सयौ दृष्यले प्रचण्ड प्रतिको जनताको अघात माया यसै झकिन्थ्यो ।

उमेद्वारी दर्तापछि कात्तिक १२ र १३ गते निर्वाचन क्षेत्र भित्र पर्ने बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका बिभिन्न ४४ स्थानमा पुगेर मतदाता भेटघाट गर्नुभएका प्रचण्डलाई स्वागत गर्न टोलटोलमा जम्मा भएका हजारौ मतदाताहरुको उत्साहले गोरखामा प्रचण्डलाई उमेद्वारको रुपमा पाउँदा यहाँका जनतामा खुशीको कुनै लेखाजोखा गर्न सकिने अबस्था छैन ।

पहिलो चरणमा मतदाता भेटघाट गरी फर्कनु भएका प्रचण्ड पुनः आफ्ना मतदातालाई सम्बोधन गर्न शुक्रबार गोरखा आइपुग्नु भयो । गोरखा नगरपालिकाको बिभिन्न ५ स्थानमा आयोजित जनसभा तथा चुनावी कोणसभालाई सम्बोधनका क्रममा प्रचण्डले गर्नुभएको प्रतिबद्धताले गोरखाका जनतामा नयाँ आशा अपेक्षा र उत्साह मात्र थपिएको छैन सिंगो माओवादी प्रति जनताको भरोसा थप बढेको छ ।

प्रचण्डलाई भेट्न लाइनमा बसेका नागरिकहरु

जताजता प्रचण्ड कोणसभालाई सम्बोधन गर्नु पुग्नुहुन्थ्यो उतैउतै थोगी नसक्नु मतदाताको भीडले सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेका दृष्यले प्रचण्ड नै जनताको प्रिय नेता रहेछन् भन्दा फरक नपर्ला । बाम लोकतान्त्रिक गठबन्धनको साँझा उमेद्वार रहनुभएका उहाँले संयुक्त चुनावी जनसभा तथा कोण सभालाई सम्बोधन गर्नुहुदै अवको पाँच बर्षमा गोरखाका धुलो सडकलाई कालोपत्रे गरेर छोड्ने प्रतिबद्धता व्यक्त गर्दा जनताले बजाएको गडगडाहट तालीले सजिलै बुझ्न सकिन्थ्यो जनता बिकास र सम्बृद्धि परिवर्तनका लागी प्रचण्डलाई नयाँ रेकर्ड कायम गर्ने गरी चुनाव जिताउन आतुर छन् ।

प्रचण्डको दुई पटक मात्र गोरखा आएर जनतासंग भेटघाट र कोणसभामा सहभागी हुदैँमा यहाँका जनतामा देखिएको उत्साहले केही दल र तिनका उमेद्वारहरु भने जनताको बिचमा जान नसक्ने भएपछि सामाजिक सञ्जालमा भ्रम फिजाउन थालेका हुन् । शुक्रबार सामाजिक सञ्जालमा प्रचण्डलाई गोरखामा लखेटिएको भनेर टिकटक तथा फेसबुक पेज तथा ग्रुपहरुमा भ्रणपूर्ण भिडियोहरु पोष्ट हुनुले पनि प्रचण्डको सानदार गोरखा इन्ट्रीले अत्तालिएका साइबर स्यालहरु भ्रामक प्रचारमा व्यस्त रहेको पुष्टी हुन्छ ।

जनताको मन जितेर चुनावमा होमिनु भन्दा अरुको बिरुद्ध भ्रम फैलाएर मत पाउछु भन्ने दिवा सपनामा रमाएका अवान्चित तत्वहरुदेखि जनता सचेत हुनुपर्ने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य हरीराज अधिकारी (कुमार) बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology