गोरखा ,१७ कात्तिक । पालुङटार नगरपालिका वडा न. ९ मा रहेको धर्माेदय माविका १७ जना बालबालिकालाई न्यानो कपडा बितरण गरीएको छ ।
बाल उद्दार अभियान नेपाल संस्थाले बुधवार बिद्यालयमा अध्यनरत कक्षा १ देखी १२ सम्मका गरीब, असहाय तथा विपन्न बालबालिकालाई छनोट गरी न्यानो कपडा बितरण गरएको विद्यालयका प्रधानाध्यापक कृष्ण न्यौपानेले बताउनुभयो ।
बिद्यालयले छनोट गरेका बालबालिकाहरुले मात्रै सो सामाग्री पाउने, यस संस्थाले बिद्यार्थीको आबश्यकता अनुसार बर्षभरिमा चार \पाँच पटक खाद्यान्न, लत्तकपडा लगायतका सामाग्रीहरु बितरण गर्दे आएको उहाँले बताउनुभयो ।