गोरखा, ९ कात्तिक । यसवर्षको भाइटीकाको उत्तम साइत भोली बिहान बिहान ११ बजेर ३७ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । । समितिले कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा किजापूजा र भाइटीकाको उत्तम साइत जुरेको जनाएको हो ।
पञ्चाङ्ग समितिका पूर्वअध्यक्षसमेत रहेका प्राध्यापक रामचन्द्र गौतम भने भोली दिनभर नै टीका लगाउन मिल्ने बताउनुभयो । साइत नै खोज्नेहरूका लागि समितिले जुराएको समय हुन सक्छ तर टीकामा यही नै साइत हो भनेर कुर्नु नपर्ने उहाँको भनाई छ ।
आफ्नो अनुकुलअनुसारको समयमा टीका लगाउँदा हुन्छ,’ उहाँले भन्नुभयो, ‘साइत नै पर्खिएर बस्नुपर्छ भन्ने छैन ।’ हरेक बर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । फाइल फोटो