काठमाडौं, ९ कात्तिक । नायिका प्रियंका कार्कीको घरमा चोरी भएको छ । ललितपुर भैंसेपाटीस्थित घरबाट लक्ष्मीपूजाको दिनमा राती ९ बजे उक्त चोरीको घटना भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरी प्रवक्ता सुधीरराज शाहीले दिएको जानकारी अनुसार ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुन चोरी भएको हो ।
उक्त नगद र सुन लक्ष्मीपूजा गर्न निकालिएको जनाइएको छ । अभिनेत्री कार्कीको परिवार डिनरको लागि बाहिर गएको मौका छोपेर चोर ट्वाइलेटको झ्याल हुँदै घरभित्र छिरेको हुनसक्ने प्रवक्ता शाहीले जानकारी दिनुभयो ।