Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा म्यादी प्रहरीको तालिम सम्पन्न


1.7K
Shares

गोरखामा म्यादी प्रहरीको तालिम सम्पन्न

गोरखा, ८ कात्तिक । गोरखामा म्यादी प्रहरीको तालिम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले गत असोज ३० गतेदेखी आसन्न निर्वाचनका लागि छनोट भएका म्यादी प्रहरीहरुलाई दिएको तालिम आज एक कार्यक्रम गरी सम्पन्न गरिएकोे प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिनुभयो ।

No description available.

समापन कार्यक्रमलाई सम्बोधन गर्दै एसपी खनालले निर्वाचनलाई उच्च मनोबलका साथ निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन प्रहरी तथा म्यादी प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

No description available.

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको छनोट गरिएको हो । छनोटमा परेकाहरुलाई सदरमुकाम स्थित रङशालामा तालिम दिएको थियो । तालिम १० दिन सम्म चलेकोे उहाँले बताउनुभयो ।

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology