Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आगलागीबाट गोठ जलेर पूर्ण रुपमा क्षति


2.1K
Shares

गोरखामा आगलागीबाट गोठ जलेर पूर्ण रुपमा क्षति

गोरखा, ८ कात्तिक । गोरखाको गण्डकी गाउँपालिकामा आज मध्यान्ह्र आगलागीबाट गोठ जलेर पूर्ण क्षति भएको छ । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ८ स्थित तोरीस्वाँरामा स्थानीयबासी बिष्णु श्रेष्ठको घरमा मध्यान्ह्र करिब १२ बजेर ६ मिनेटकोे समयमा गोठमा आगलागी हुँदा पूर्ण क्षति भएको वडाध्यक्ष कोकिल पुलामी मगरले जानकारी दिनुभयो ।

कुनै मानविय क्षति भने हुन नपाएको उहाँको भनाई छ । गोठ भित्र राखिएको अन्न, तथा लत्ताकपडा आगोले जलेर नष्ठ भएको वडाध्यक्ष पुलामीमगरले बताउनुभयो । आगलागीको कारण भने खुल्न सकेको छैन । बिद्युत सट भएर आगलागी भएको हुनसक्ने स्थानीयबासीले प्रारम्भिक अनुमान गरेको अध्यक्ष पुलामी मगरले जानकारी दिनुभयो ।

आगोलागी भएलगत्तै स्थानीयबासी मिलेर आगो नियन्त्रणमा लिन सफल भएका थिए । क्षतिको थप बिबरण प्राप्त हुन बाँकी रहेको जनाइएको छ । घटनास्थलमा प्रहरीको टोली पुग्न बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology