Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा अस्पतालका चिकित्सक कुटपिट घटनामा संलग्नको खोजी जारी


1.9K
Shares

गोरखा अस्पतालका चिकित्सक कुटपिट घटनामा संलग्नको खोजी जारी

गोरखा, ७ कात्तिक । गोरखा अस्पतालमा कार्यरत एक जना चिकित्सकलाई अज्ञात युवाहरुको समूहले कुटपिट गरेका छन् । अस्पतालमा कार्यरत डाक्टर अविनाश पराजुलीलाई उक्त समूहले कुटपिट गरेको हो ।

कुटपिट लगत्तै फरार रहेका युवाहरुको समूहलाई गोरखा प्रहरीले खोजी सुरु गरेको प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनुभयो । ‘घटना लगत्तै हामीले सिसिटिभी फुटेज हेरेर संलग्नहरुको पहिचान गरेका छौं’ उहाँले भन्नुभयो ‘उनीहरुको ब्यापक रुपमा खोजी भई रहेको छ ।’

डा.पराजुलीलाई गोरखा नगरपालिका ९ का २ जना युवा र ५ का १ युवकले कुटपिट गरेर फरार भएको प्रहरीले जनाएको छ ।

आइतबार अस्पतालमा काम गरीरहेका डा.पराजुलीलाई एक्कासी ति युवाहरुले कार्यकक्षमा नै चुकुल लगाएर कुटपिट गरेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार घटना लगत्तै अस्पताल बिकास समिति र चिकित्सकहरुको संयुत्त बैठकले दोषीलाई तत्कालै कानूनी दायरामा ल्याउन माग गर्दै प्रहरीमा उजुरी समेत दिएको छ ।

घटना हुनुभन्दा पूर्व १ जना महिला थाइराइडका समस्या लिएर आएको र उनलाई १० दिन पछि सम्पर्क राख्न आउनुभन्ने बित्तिकै ति महिला डाक्टर पराजुलीको कार्यकक्षबाट निश्किएको एकै छिनमा युवाहरुको समूहले १० दिन पछि किन भन्दै कुटपिट गरेको बुझन आएको प्रहरी उपरिक्षक खनालले बताउनुभयो ।

एसपी खनालका अनुसार दोषीलाई उन्मुक्ती दिन सोमबार केही समूह प्रहरी कार्यालय आएको भएता पनि आफुले उनीहरुलाई कुनै पनि हालतमा कानूनी दायरामा ल्याउने जवाफ दिएका थिए ।

२ वटा मोटर साइकलमा आएका युवाहरुले समूह डाक्टर पराजुलीलाई कुटिपिट गरे लगत्तै फरार भएका थिए । उनीहरुको खोजीमा जिल्ला बाहिर र जिल्ला भित्र ब्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

डा.पराजुली भने सामान्य अवस्थमा रहेको र काममा फर्किएको गोरखा अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology