Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला


1.6K
Shares

गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला

गोरखा, ५ कात्तिक । गोरखामा चितुवा मृत अवस्थामा फेला परेको छ । आरुघाट गाँउपालिका वडा नं. ७ बगरे खोल्छीमा पोथी चितुवा मृत अवस्थामा फेला परेको डिभिजन बन कार्यालय गोरखाका सुचना अधिकारी महेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत फेला परेको चितुवाको लम्बाई ५ फिट ९ इन्च, ३ फिट उचाई, ३५ केजि तौल र अन्दाजी करिब १० वर्षका रहेको बताउनुभयो । दुई वटा चितुवा एक आपसमा लड्ने क्रममा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

स्थानीयले चितुवा मृत अवस्थामा देखेपछि डिभिजन बन कार्यालयलाई खबर गरेको थियो । खबर पाए लगत्तै कार्यालयका टोली पुगेर चितुवाको उद्धार गरी सुरक्षित स्थानमा खाडल खनेर व्यवस्थापन गरिएको सुचना अधिकारी महेश पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology