Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ट्याक्टर दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ५ जना घाइते


3.5K
Shares

गोरखामा ट्याक्टर दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ५ जना घाइते

गोरखा, ४ कात्तिक : गोरखामा आज साँझ ट्याक्टर दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित जमुने डाँडामा ना ६ च ५८६९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको स्थानीयबासी समिर खनालले जानकारी दिनुभयो ।

साँझ करिब ७ंः१५ बजे पराल लिन जाँदै गरेको ट्याक्टर एक्कासी सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परि ट्याक्टर चालक भीमसेन थापा गाउँपालिका–६, अश्राङका सुनिल भट्टको मृत्यु घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

ट्याक्टर पल्टिदा सोही ट्याक्टरले किचेर चालकको घटनास्थलमै मृत्यु भएको खनालको भनाई छ । दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन् । घाइते सवैको उद्धार भइसकेको उहाँले जानकारी दिनुभयो । घाइतेहरुको नाम ठेगाना खुल्न बाँकी छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology