Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा यसरी मनाइयो ६७ औं प्रहरी दिवस (फोटोफिचर)


1.3K
Shares

गोरखामा यसरी मनाइयो ६७ औं प्रहरी दिवस (फोटोफिचर)

गोरखा, ३१ असोज । गोरखामा भव्यताका साथ ६७ औं प्रहरी दिवस मनाइएको छ । सोमबार प्रमुख जिल्ल अधिकारी शंकर हरि आचार्यको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय गोरखाको प्राङ्गणमा विशेष समारोह आयोजना गरी दिवस मनाइएको हो ।

May be an image of 9 people, people standing and outdoors

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा कार्यरत प्रहरीलाई साधन श्रोत युक्त बनाउने तर्फ पहल भई रहेको जानकारी दिनुभयो । उहाँले यस वर्ष ३ प्रहरी चौकी समेत स्थापना गर्नुका साथै स्थानीय निकायहरुको समन्वयमा प्रहरी चौकीको भौतिक संरचना सुधार गरिएको बताउनुभयो ।

May be an image of 2 people, people standing and outdoorsआचार्यले गोरखा प्रहरीले शान्ति, सुरक्षा, अमन, चयन गर्ने गराउने कार्यमा उत्कृष्ट भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा समेत गर्नुभयो । अपराध अनुसन्धानलाई व्यवसायिक बनाउनका लागी प्रहरीलाई भौतिक, वैज्ञानिक तवरले साधन श्रोत युक्त बनाउन आफू लागी परेको उहाँको भनाई छ ।

May be an image of 8 people, people standing and outdoors

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले वीर तथा अमर प्रहरीको बलिदानको सम्झना गर्दै आफु र आफ्नो परिवारको समस्यालाई कुनै वास्ता नगरी आम नागरिकको सुरक्षा, कानूनको परिपालन गराउने कार्यलाई प्राथमिकतामा राखि अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।May be an image of 6 people and people standing

उक्त कार्यक्रममा अमर प्रहरी परिवारलाई दोसल्ला अर्पण तथा सम्मान गरिएको थियो । साथै प्रहरीलाई सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र वितरण र खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र र उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

May be an image of 9 people, people standing and outdoors

कार्यक्रममा जिल्ला समन्वय अधिकारी नानिबाबु पोख्रेल, पत्रकार महासंघका गोरखाका अध्यक्ष नरहरी सापकोटा, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, पूर्व सुरक्षाकर्मी परिषद् नेपाल गोरखाका अध्यक्ष पूर्व प्र.नि. हरि कुमार थापा, सामुदायिक सेवा केन्द्र गोरखाका उपाध्यक्ष रामहरी के.सी. र गोरखा नगरपालिका ६ नं. वडाध्यक्ष राजेन्द्र कुमार जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ ।

 

May be an image of 4 people and people standingMay be an image of 7 people and people standingMay be an image of 6 people, people standing and outdoors

May be an image of 6 people and people standingMay be an image of 4 people, people standing and outdoors

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology