गोरखा, ३१ असोज । गोरखामा म्यादी प्रहरीको तालिम सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले आइतबारदेखि आसन्न निर्वाचनका लागि छनोट भएका म्यादी प्रहरीहरुलाई तालिम दिन सुरु गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको छनोट गरिएको हो । छनोटमा परेकाहरुलाई सदरमुकाम स्थित रङशालामा तालिम दिन सुरु गरेको उहाँले बताउनुभयो ।