गोरखा २८ असोज । गोरखाका एक युवकलाई प्रहरीले जुवातास खेलेको आरोपमा पक्राउ गरेको छ । राजधानीको बाफलबाट जुवातास खेलेको आरोपमा गोरखाका सन्दिप अधिकारी पक्राउ परेका छन् । प्रहरीले उनलाईकाठमाण्डौं महानगरपालिका–१३ बाफलस्थित वीरगंज खाजा घरभित्रबाट नियन्त्रणमा लिएको हो ।
खाजा घर भित्र जुवातास खेलिहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको टोलीले अधिकारी सहित ५ जनालाई नियन्त्रणमा लिएको हो । गोरखा नगरपालिका–१४ घर भएका २२ वर्षीय अधिकारी सहित अन्य ४ जनाबाट प्रहरीले नगद २९ हजार ६७० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको कालिमाटी बृक्तले जानकारी दिएको छ ।
पक्राउ परेका सबैलाई आवश्यक कानूनी कारवाही थालिएको पनि प्रहरीले जनाएको छ ।