गोरखा, २२ असोज : गोरखामा रुखमा झुण्डिएको अबस्थामा एकै परिवारका ३ जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका हेमबहादुर राना र उनका दुई छोराको झुण्डिएको अबस्था शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिनुभयो ।
‘दुई बालक काप्राको रुखमा झुण्डिएको अबस्था फेला परेको छ, उहाँले भन्नुभयो, बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ ।’ घटनाको प्रकृति हेर्दा रानाले दुई छोराहरुको रुखमा झुण्ड्याएर हत्या गरी आफुले आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको एसपी खनालको भनाई छ ।
घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । बिहान स्थानीयले रुखमा मान्छे भुण्डिएको देखेपछि घटनाको बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिनुभयो । मृतक रानामगर केही समय अघि मात्र श्रीमतीसंग सम्बन्ध बिच्छेद गरेर बसेका थिए ।