Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बाबुले गरे आफ्नै ३० बर्षिया छोराको हत्या


2.6K
Shares

बाबुले गरे आफ्नै ३० बर्षिया छोराको हत्या

धनकुटा, २१ असोज । बाबुले आफ्नै ३० बर्षिया छोराको हत्या गरेका छन् । धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ९ मा बाबुले धारिलो हतियारले हानेर छोराको हत्या गरेका हुन्।

पाख्रीबासका ५४ वर्षे उपेन्द्र ठाडाले धारिलो हतियार प्रहार गरी छोरा सन्तोषको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेर भागेका ठाडालाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवाद हुँदा बाबुले धारिलो हतियार प्रहार गर्दा छोराको मृत्यु भएको थियो। घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology