Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज रातिदेखि भारी बर्षाको सम्भावना, सजग रहन अपिल


1.2K
Shares

आज रातिदेखि भारी बर्षाको सम्भावना, सजग रहन अपिल

गोरखा, १८ असोज ।  आज रातिदेखि भारी वर्षा हुने क्रम बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी वायुको प्रभावका कारण आज दिउँसोदेखि पानी पर्ने क्रम बढ्दै जाने र राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा प्रदेश १, मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै भोलि दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै भोलि राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी परेसँगै बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै यात्रा गर्दा तथा भिरालो जमिन आसपासका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology