गोरखा, १६ असोज : गोरखामा प्रहरीले अबैध सालको काठ बरामद गरेको छ । अजिरकोट गाउँपालिका वडा नम्बर ४ स्थित सिम्जुङ पोखरीडाँडाबाट लुकाई छिपाइ राखिएको अबस्थामा रहेको १९ थान अबैध सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
अज्ञात व्यक्तिहरुले अबैध रुपमा सालको काठ कटानी चिरानी गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जौवारी र अस्थायी प्रहरी पोष्ट चनौटेबाट गएको प्रहरीको टोली काठ बरामद गरेको उहाँले बताउनुभयो ।
‘चिरेर राखिएको अबस्था काठ बरामद भएको छ, डिएसपी लामिछानेले भन्नुभयो, बरामद गरिएको काठ मुचुल्का उठाएर अनुसन्धानका लागी डिभिजन बन कार्यालय बारपाक बुझाइएकोे छ ।’ काठ कसले कुन प्रयोजनका लागी काटेर लुकाएर राखेको हो भन्ने बारेमा खुल्न नसकेको उहाँले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी लामिछानेले जानकारी दिनुभयो ।