Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो


1.8K
Shares

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा, १६ असोज (रासस) ः गोरखा दरबार स्थित दसै घरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौं पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पु¥याइएपछि आज साँझ हर्ष बढाईका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहदै आएको छ । कार्यालयका कर्मचारी समेत रहनु भएका चण्डीथानका पुजारी कुलबहादुर थापाको नेतृत्वमा हुनमान ढोका दरबारमा फुलपाती पठाइएको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो ।

तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाण्डौको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी वडादसैको सातौ दिन गोरखा दरबारको दसैघरबाट फूलपाती सहितको डोली काठमाण्डौको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहदै आएको छ । गोरखा दरबारको दसै घरबाट सतिपिपल स्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाउने प्रचलन रहदै छ ।

बिधि पूर्वक दशैं घरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाई गरिएको उहाँले बताउनुभयो । गोरखा दरबारको दशैं घरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । गोरखा दरबार परिषर्बाट गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चाय लगायतले फूलपातीको बिदाई गर्नुभएको थियो ।

त्यस्तै सतिपिपल चौताराबाट गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आर्चाय, गोरखा नगरपालिकाका निबर्तमान नगरप्रमुख राजनराज पन्त लगायतले हनुमान ढोका दरबारका लागि फूलपाती बिदाई गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology