Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शहिद लखन गाउँपालिकामा गर्भवती महिलाहरुलाई गाउँमै निशुल्क भिडियो एक्सरे सेवा


1.8K
Shares

शहिद लखन गाउँपालिकामा गर्भवती महिलाहरुलाई गाउँमै निशुल्क भिडियो एक्सरे सेवा

गोरखा, १२ असोज । गोरखाको शहीद लखन गाउँपालिकाले पालिका भित्रका गर्भवती महिलाहरुलाई गाउँमै निशुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको छ । गर्भवती महिला र गर्भमा रहेका शिशुको स्वास्थ्य अबस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य इकाई मार्फत स्वास्थ्यकर्मीहरुले भिडियो एक्सरे सेवा प्रदान गर्दै आएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकाले चालु आर्थिक बर्षको तेस्रो चरणमा पालिका भित्रका बिभिन्न ९ वटा स्वास्थ्य संस्थाबाट ५७ जना गर्भवती महिलाहरु भिडियो एक्सरे सेवा प्रदान गरेको उहाँले बताउनुभयो । भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अबस्था बुझ्न सजिलो हुने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम अन्र्तगत वडामा रहेका स्वास्थ्य संस्था मार्फत गर्भवती महिलाहरुको गर्भावस्थाको जाँच गरेको शाखा प्रमुख श्रेष्ठको भनाई छ ।‘गाउँपालिकाको बक्रांङ स्वास्थ्य चौकी, मनकामना आधारभुत स्वास्थ्य केन्द्र, मनकामना स्वास्थ्य चौकीबाट भिडियो एक्सरे सेवा प्रदान गरेको हो, उहाँले भन्नुभयो, ‘त्यस्तै ताक्लुङ स्वास्थ्य चौकी, ताक्लुङ आधारभुत स्वास्थ्य केन्द्र, घैरुङ स्वास्थ्य चौकी, बुङकोट स्वास्थ्य चौकी, बुङकोट आधारभुत स्वास्थ्य केन्द्र र नाम्जुङं स्वास्थ्य चौकीबाट सेवा उपलब्ध गराइएको हो ।

’गर्भवती महिलाहरुको गर्भमा रहेको बच्चाको अवस्था थाहा पाउन र समयमै समस्याहरुको पहिचान गर्ने उदेश्यले पालिका भित्र नै गर्भवती महिलाहरुका लागी निशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो । प्रोटेबल भिडियो एक्स रे मेसिनको साथमा स्वास्थ्यकर्मीले वडावडामा पुगेर सेवा दिदै आएको उहाँले बताउनुभयो ।

गाँउपालिकाले यो सेवा सुरु गर्नुअघि पालिका भित्रका गर्भवती महिलाहरु गर्भावस्थाको परिक्षणका लागी गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता रहदै आएको थियो । अहिले पालिका भित्रैबाट प्रत्येक वडामा पुगरे सेवा दिन सुरु गरेसंगै गर्भावस्थामा हुनेसक्ने समस्याहरुको समयमा नै पहिचान गरी उपचार गर्न सक्ने अवस्था सिर्जना भएको उहाँको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology