Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

स्याम्चेतका पहिरा पडितको पुर्नबासका लागी घर निर्माणको कार्य सुरु


2.1K
Shares

स्याम्चेतका पहिरा पडितको पुर्नबासका लागी घर निर्माणको कार्य सुरु

गोरखा, १२ असोज । गोरखाको आरुघाट गाउँपालिका मान्बु–१ को स्याम्चेतमा पहिरा पडितको पुर्नबासका लागी घर निर्माणको कार्य सुरु भएको छ । पहिराबाट बिस्थापित भएका २८ घर परिवारलाई वडा नम्बर २ स्थित मान्बुको सुरक्षित स्थानमा पुर्नबास गर्न लागिएको हो ।

No description available.

पुर्नबासका लागी पहिरा पिडितहरुलाई गाउँपालिका र स्वाराँ सघन गाउँबिकास केन्द्रले घर निर्माण गरिदिने भएको पुर्ननिर्माण समितिका अध्यक्ष कुमार लामाले जानाकारी दिनुभयो । ‘घर निर्माणका लागी निर्माण सामाग्री लैजान बाटोको समस्या भएको छ, उहाँले भन्नुभयो, ‘सकभर छिटोभन्दा छिटो घर निर्माणका लागी आबश्यक पहल गरिरहेका छौ ।’ उहाँले पहिराबाट बिस्थापित भएकाहरु अहिले छिमेकीको घरमा आश्रय लिएर बस्न बाध्य भएको बताउनुभयो ।

No description available.

पुर्नबासका लागी जमिनदेखि २ फिटसम्म ढुङगामाटो गाह्रो र त्यसमाथि जस्ताको प्रयोग गरेर घर निर्माण गरिने उहाँले बताउनुभयो । उहाँले घर निर्माणका लागी जग खन्ने काम सुरु भइसकेको बताउनुभयो । ‘प्रत्येक घरमा दुई कोठा, एउटा धारा र एउटा शौचालय निर्माण निर्माण हुनेछ, उहाँले भन्नुभयो, ‘एउटा परिवारका लागी गुजारा गर्न त्यति धेरै समस्या हुदैन ।’ घर निर्माण गर्न स्वाराँ सघन गाउँबिकास केन्द्रले प्रत्येक परिवारलाई १ लाख ५० हजार रुपैया बराबरको निर्माण सामाग्री उपलब्ध गराउने कार्यकारी निर्देशन सिताराम श्रेष्ठले जानकारी दिनुभयो ।

No description available.

पहिरा पिडितहरुलाई गाउँपालिकाले समेत प्रति परिवार २० हजार रुपैया नगद उपलब्ध गराउने गाउँपालिकाले अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । पहिराबाट बिस्थापित भएकाहरुको पुर्नस्थापनका लागी घर निर्माण सुरु गर्न लागेको स्थानको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर नेतृत्वको टोलीले स्थलगत अनुगमन समेत गरेको छ । टोलीमा समन्वय समितिकी उपप्रमुख लिला परियार, समन्वय समितिकी सदस्य मिरा उपरकोटी, जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेल लगायतको सहभागिता सहभागिता रहेको थियो ।

No description available.

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology