Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मनास्लुमा बेपत्ता विश्वविख्यात स्कीआरोही नेल्सन मृत फेला, शव हेलिकप्टरमार्फत काठमाण्डौं पठाइयो


1.8K
Shares

मनास्लुमा बेपत्ता विश्वविख्यात स्कीआरोही नेल्सन मृत फेला, शव हेलिकप्टरमार्फत काठमाण्डौं पठाइयो

गोरखा, १२ असोज । उत्तरी गोरखाको मनास्लु हिमालमा गत सोमबारदेखि बेपत्ता हुनु भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेका छन् । अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् ।

नेल्सनको शव उद्धार गरी सामागाउँ ल्याएर मुचुल्का उठाएर सिम्रिक एयरको हेलिकप्टर मार्फत पोष्टमार्टमका लागी काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो । ‘उहाँको शव त्यहाँ हिउँबाट निकालेर १२ः२५ मिनेटमा सामागाँउ ल्याई पुर्याएको थियो, उहाँले भन्नुभयो, ‘ हामीले आवश्यक प्रक्रिया पूरा गरी सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाण्डौंको टिचिङ अस्पताल पठाएका छौं ।

मृतकको शवको काठमाडौ टिचिङ अस्पतालमा पोस्ट्मार्टम गरिने उहाँले बताउनुभयो काठमाडौंको सांग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उहाँसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल हुनुभएको थियो । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराउनु भएको थियो ।

नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गर्नु भएको थियो। ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उहाँको नाममा रहेको छ ।

अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उहाँले चोयु हिमालको चुचुरोबाट स्की गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology