Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मनकामना मन्दिर परिषरको सत्तल पुनःनिर्माणका लागि शिलान्यास


1.9K
Shares

मनकामना मन्दिर परिषरको सत्तल पुनःनिर्माणका लागि शिलान्यास

गोरखा, ११ असोज (रासस) ः भकुम्पले क्षति पु¥याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिषरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ । बि.स २०७२ साल बैशाख १२ गतेको गएको बिनासकारी गोरखा भुकम्पले क्षति पु¥याएको पुरानो सत्तल पुनःनिर्माणका लागी आज शिलान्यास गरिएको मनकामना क्षेत्र बिकास समितिका अध्यक्ष रामकुमार जोसीले जानकारी दिनुभयो ।

मनकामना क्षेत्र बिकास समितिको आयोजनामा सोमबार एक कार्यक्रमका बिच मनकामना मन्दिरका मूलपुजारी इन्सान थापामगर र मन्दिरका गुठियार थकाली भीम बहादुर श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गर्नुभएकोे उहाँले बताउनुभयो ।

‘सत्तल निर्माणका लागी करिब ९० लाख रुपैया लागत स्टमेट तयार भएको छ, उहाँले भन्नुभयो, अब दशै लगत्तै पुनःनिर्माण सुरु हुन्छ, फिनिसिङ गर्दा थप लागत्त बढ्छसक्छ ।’ पुनःनिर्माण सुरु गरेको करिब ७ महिना भित्रमा सत्तल निर्माणको काम सम्पन्न हुने अध्यक्ष जोसीले जानकारी दिनुभयो । ‘सत्तल निर्माण नहुदा भक्तजनहरुका लागी बसोबासका लागी समस्या हुदै आएको छ, उहाँले भन्नुभयो,‘ सत्तल पुरानो संरचना भन्दा अलि फरक डिजाइनमा निर्माण गर्न लागिएको छ ।’

उत्त सत्तलमा पहिले पहिले मन्दिरमा आउने भक्तजनहरुले बत्ती बाल्ने गर्दथे । हाल रहेको सत्तलको तेस्रो तल्लामा परेवा घर, एउटा तल्लामा मनकामना क्षेत्र बिकास समितिको कार्यालय सञ्चालन हुदै आएको छ । नयाँ निर्माण सम्पन्न भएपछि समेत सोही सत्तलमा क्षेत्र बिकास समितिको कार्यालय सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology