गोरखा, ९ असोज । शहिद लखन गाऊँपालिका वडा नम्वर ७ बुंकोटमा आइतबार (आज) भएको सवारी दुर्घटनामा १ जना गम्भिर घाइते भएका छन् ।
मकैपुरबाट गोरखा बजार आउँदै गरेको ग १ ज ७३६० नम्वरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको प्रदेश ३ ०२ ००१ प ३२९ नम्वरको मोटरसाइकल अँधेरी गाऊँ नजिकै एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शहिद लखन गाऊँपालिका ७ का ३७ वर्षिय सुजन विकको गोरखा असपतालमा उपचारपछि थप उपचारका लागि काठमाण्डौं पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
ट्याक्सी चालक शहिद लखन ७ मकैपुरका ३८ वर्षका विनय गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।