Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु


2.6K
Shares

गोरखामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

गोरखा, ७ असोज । गोरखमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको अजिरकोट गाऊँपालिका वडा नम्वर २ को ओलाङमा ट्रयाक्टर दुर्घटना हुँदा सिरानचोक गाउँपालिका छोप्राक घर भएका चालक २७ वर्षका विक्रम श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ग १ त ४५७४ नम्वरको ट्रयाक्टर गए राती ११ बजेतिर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारीले जानकारी दिनुभयो । सुपर चेपे हाइड्रोपावरको सिमेण्ट बोकेर आयोजनास्थलतर्फ जाँदै गर्दा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology