Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाक सुलिकोटले किसानलाई मासु उत्पादनका आधार अनुदान दिने : वडामा पुगेर तौल लिन सुरु


1.9K
Shares

बारपाक सुलिकोटले किसानलाई मासु उत्पादनका आधार अनुदान दिने : वडामा पुगेर तौल लिन सुरु

गोरखा, ६ असोज । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्रका किसानहरुलाई मासु उत्पादनका आधारमा अनुदान दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को उत्पादनका आधारमा अनुदान कार्यक्रम अन्र्तगत पालिका भित्र मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराउन लागेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारुी दिनुभयो ।

गाउँपालिकाले पालिका भित्र बिक्रिका लागाी योग्य भएका राँगा, खसी,बोका र थुमा तौल मापन गरी अनुदान उपलब्ध गराउने उहाँले बताउनुभयो । ‘पशुपालक किसानहरुलाई उत्पादनमा हौसला प्रदान गर्ने तथा पालिका भित्र मासु र मासुजन्य उत्पादन बढाउने योजना अन्र्तगत कार्यक्रम ल्याएको हो, उहाँले भन्नुभयो, ‘यसबाट पालिकालाई मासु उत्पादनमा आत्मानिर्भर बनाउन पनि टेवा पु¥याउछ ।’

गाउँपालिकाले सम्बन्धित वडाका पशुसेवा प्राबिधिकको निगरानीमा यहीँ असोज ११ गतेसम्म पालिका बिक्री योग्य तोकिएका पशुबस्तुको एकहप्ते नाप तौल अभियान सञ्चालन गरिरहेको जनाएको छ । गाउँपालिकाले राँगाको प्रतिकेजी १५ रुपैया र खसी, बोका र थुमाको प्रतिकेजी ३० रुपैया अनुदान उपलब्ध गराउने अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

कार्यक्रम कार्यान्वयनका लागी मंगलबारदेखि प्राबिधिकहरुले मार्पmत पशुको नापतौल समेत गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology