Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लोक्पामा गएको पहिरो सरकारी स्तरबाट पन्छाउन आनाकानी गरेसंगै स्थानियले आजदेखी पन्छाउदै


1.4K
Shares

लोक्पामा गएको पहिरो सरकारी स्तरबाट पन्छाउन आनाकानी गरेसंगै स्थानियले आजदेखी पन्छाउदै

गोरखा, ४ असोज । बर्षा याममा उत्तरी गोरखाको लोक्पामा गएको पहिरो सरकारी स्तरबाट पन्छाउन आनाकानी गरे संगै स्थानियले आजदेखी पन्छाउन सुरु गरेको छ ।

चुमनुब्री गाउँपालिक–६ चुम्चेत बासीको सक्रियतामा आजदेखी पहिरो पन्छाउने काम सुरु गरिएको स्थानिय शेराप गुरुङले जानकारी दिनुभयो । ‘पर्यटकीय सिजन सुरु भई सक्यो’ भन्दै गुरुङले भन्नुभयो ‘सरकारको मुख ताक्दा कामै नहुने देखे पछि हामी जुटेर हिड्ने बाटो बनाउन लागेका हौ ।’ उहाँले बाटो निर्माण संगै चुम भ्यालीका लागि सामान ढुवानी गर्न समेत अब सहज हुने बताउनुभयो ।

गोरेटो बाटो रहेको उक्त स्थानमा भिर माथीबाट खसेको पहिरोले गर्दा आउजाउ गर्ने बाटो नै नभए पछि सबै जनाले मिलेर गोरेटो बाटो निर्माणमा लागेका हुन् । यो सिजनमा चुम भ्याली जानको लागि लोक्पाको बाटो बाहेकको अर्को बिकल्प छैन । बाटो निर्माण संगै चुम्चेत र छेकम्पारको लागि सामान ढुवानी गर्न सहज हुने तथा स्वदेशी तथा विदेशी पर्यटकलाई उक्त मार्गमा सहजता हुने गुरुङले जानकारी दिनुभयो ।

बर्षा सकिए लगत्तै स्थानिय र गुम्बामा सामान ढुवानी गर्ने प्रचलन रहदै आएको छ । पहिरो गएको स्थानमा भिर माथी बाट खसेका ठुल–ठुला ढुङ्गा भएकाले बाटो खतरा मुक्त भने नहुने चुम्चेतका गोपाल गुरुङले बताउनुभयो । बाटो फराकिलो पार्न त सरकारी स्तरबाट नै प्रयास हुनुपर्ने उहाँको धारणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology