Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पहिरोमा पुरिएर ४ जनाको मृत्यु , १२ जना बेपत्ता


1.6K
Shares

पहिरोमा पुरिएर ४ जनाको मृत्यु , १२ जना बेपत्ता

काठमाण्डौ १ असोज । लगातारको वर्षापछिको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन्। अछाम जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी ४ भन्दा घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ। कमल बजारमा ६ मा पहिरोमा पुरिएका मध्ये ४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अक्षामका प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले बताउनुभयो ।

यहाँ अन्य तीन जना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ। तुर्माखाँद गाउँपालिका ५ मा पनि पहिरोमा परी ९ जना बेपत्ता भएको प्रारम्भिक विवरण आएको उहाँको भनाई छ। अछामकै ढकारी गाउँपालिकामा पनि पहिरोले क्षति पुगेको छ। तीनै स्थानीय तहको घटनास्थलमा उद्धारका लागि प्रहरी टोली खटिएको छ भने क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। फाइल फोटो

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology